आइतबार ६ हजार ४६२ नयाँ संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं, ९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ र ४ हजार ६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


