काठमाडौं, ९ माघ । पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकपमा मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

मनाङले आइतबार पोखरा रंगशालमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको हो ।

खेलको ६४ औं मिनेटमा रूपेश केसीको गोलमार्फत मनाङले अग्रता लिएको थियो ।

८७ औं मिनेटमा ओलावाले अफिजले गोल गर्दै टोलीलाई २–० को सहज जित दिलाए ।

मनाङले सेमिफाइनलमा थ्रीस्टार र त्रिभुवन आर्मी फुटबल क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पुलिस पहिलो खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा ६–५ ले पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो भने मनाङले सिधै क्वाटरफाइनल खेलेको हो ।