राखेप मातहतका खेल पूर्वाधार अनिश्चितकालका लागि बन्द

काठमाडौं, ९ माघ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो मातहतमा रहेका रंगशाला, कभर्डहल र स्विमिङपुललगायतका खेल पूर्वाधार अनिश्चितकालका लागि बन्द गरेको छ ।
राखेपले आइतबार एक सूचना जारी गर्दै रंगशालालगायतका खेल पूर्वाधार अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको जनाकारी दिएको हो ।
सरकारले कोभिड–१९ को संक्रमण रोकथामका लागि भिडभाड हुने कार्यक्रम निषेध गरेको कारण खेल पूर्वाधार बन्द गरिएको राखेपले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


