एजेन्सी, ९ माघ । अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । विस्फोटमा परेर मृत्यु हुनेमा चारजना महिला रहेका छन् ।

शनिबार भएको उक्त विस्फोटमा ९ जना घाइते भएको हेरातका तालिवान कमान्डर मोलवी अन्सारीले रोयटर्सलाई बताएका छन् । हेरात प्रशासनका अनुसार यात्रुवाहक बसमा राखिएको बम बिस्फोट भएको हो ।

बम कसले र किन विस्फोट गरायो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।