एजेन्सी, ८ माघ । भारतको मुम्बईमा २० तले एक भवनमा आगलागी भएको छ ।

आगलागीमा परी ७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेतिर आगलागी भएको हो ।

दुर्घटनामा परेका १५ जनालाई भाटिया अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनीहरूलाई सास फेर्न गाह्रो भएपछि अस्पताल लगिएको हो ।

समाचार एजेन्सी एनएनआईका अनुसार समयमै ५ एम्बुलेन्स र १३ दमकल पुगेका थिए ।

आगलागीको कारण भने खुल्न सकेको छैन ।