एपिएफ क्लब आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं, ८ माघ । विभागीय टोली नेपाल एपिएफ क्लब पोखरामा जारी २० औँ संस्करणको आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एपिएफले शनिबारको पहिलो क्वाटरफाइनमा अमेरिकाको बिवाइएससी मिनेसोटालाई ३–१ ले पराजित गरेको हो ।
एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै एपिएफले अन्तिम चारमा स्थान पक्का गर्यो । ४७ औं मिनेटमा मिगल पेलाफक्सले गोल गर्दै बिवाइएससीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
७० औं मिनेटमा आभाष लामिछानेले पेनाल्टीमार्फत गोल गर्दै एपिएफलाई बराबरीमा ल्याए । ८४ औ मिनेट र थप गरिएको समयमा रवि थिङले गोल गरेपछि एपिएफले उत्कृष्ट पुनरागमन गर्दै ३–१ को सहज जित हात पार्यो ।
एपिएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ ।
एपिएफले पहिलो खेलमा आयोजक सहारा क्लबलाई २(० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । बिवाइएससीले भने सिधै क्वाटरफाइनल खेलेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


