काठमाडौं, ८ माघ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ हजार ३०६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४ हजार ३४ र ललितपुरमा १ हजार ११० संक्रमित थपिएका हुन् ।

हालसम्म काठमाडौंमा ३४ हजार १५९, भक्तपुरमा ४ हजार ६४५ र ललितपुरमा ८ हजार २२० गरी उपत्यकामा कूल ४७ हजार २४ संक्रमित रहेका छन् ।

हाल देशभर ७२ हजार ८ सय ७६२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।