अजारेन्का अस्ट्रेलियन ओपनको अन्तिम १६ मा प्रवेश

एजेन्सी, ७ माघ । बेलारुसकी भिक्टोरिया अजारेन्का अस्ट्रेलियन ओपनको महिलातर्फ अन्तिम १६ मा प्रवेश गरेकी छन् ।
तेस्रो चरणमा शुक्रबार युक्रेनकी इलिना भिटोलिनालाई २–० को सोझो सेटमा पराजित गर्दै रअजारेन्का अन्तिम १६ मा प्रवेश गरेकी हुन् ।
२५ औं वरियताकी अजारेन्काले सन् २०१६ पछि पहिलोपटक अन्तिम १६ मा स्थान बनाउन सफल भइन् । सन् २०१२ र २०१३ की विजेता अजारेन्काले १५ औं वरीयताकी भिटोलिनामाथि ६–० र ६–२ को जित हात पारिन् ।
अजारेन्काले अन्तिम १६ मा फ्रेन्च ओपन विजेता बारबोरा क्रेचसिकोभाको सामना गर्ने छिन् ।
चौथो वरियताकी चेक रिपब्लिकन खेलाडी बारबोराले लाटभियाकी जेलेना ओस्टापेन्कोलाई २–६, ६–४ र ६–४ को सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरिन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


