एजेन्सी, ७ माघ । जापानिज टेनिस स्टार नाओमी ओसाका अस्ट्रेलियन ओपनको तेस्रो चरणबाटै बाहिरिएकी छन् ।

साविक विजेता ओसाका मेलर्बनमा शुक्रबार अमेरिकी खेलाडी अमान्डा अनिसिमोभासँग २–१ सेटले पराजित भइन् ।

पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारे पनि त्यसपछिका दुई सेट ३–६ र (७–६) १०–५ ले गुमाउँदै ओसाका तेस्रो चरणबाटै बाहिरिएकी हुन् ।

घरेलु खेलाडी विश्व नम्बर एक एस्ले बार्टी भने आफ्नो खेलमा जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरेकी छन् ।

बार्टीले इटालियन खेलाडी क्यामिला जिओरगीलाई ६–२ र ६–३ ले पराजित गरिन् ।