घानाको पश्चिमी क्षेत्रमा ट्रक बिस्फोट हुँदा १७ जनाको मृत्यु

एजेन्सी, ७ माघ । घानाको पश्चिमी क्षेत्रमा ट्रक बिस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ ।
घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन् कार्यका लागि विस्फोटक पदार्थ बोकेको ट्रकमा बिस्फोटन भएको थियो ।
विस्फोटबाट नजिकैका भवन र पूर्वाधारमा पनि ठूलो क्षति पुगेको जनाइएको छ ।
अन्य सञ्चारमाध्यमहरूले घटनामा करिब ६० जना घाइते भएको पनि उल्लेख गरेका छन् । यद्यपि घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


