एजेन्सी, ७ माघ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ७०३ जना संक्रमितले ज्यान गुमाएका छन् ।

इस अवधिमा २ लाख ५१ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २० लाख १८ हजार ८२५ रहेको छ ।

भारतमा ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ९ हजार ६९२ पुगेको छ ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ८२ लाख १८ हजार ७७३ पुगेको छ भने हालसम्म ४ लाख ८७ हजार ६९३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा ४८.८५ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् ।