देशको छवि धमिल्याउन अनेक प्रयास भईरहेको छ : प्रधानमन्त्री मोदी

एजेन्सी, ६ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको छवि धमिल्याउन अनेक प्रयास भईरहेको बताएका छन् ।
एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो बताएका हुन् ।
उनले भने, ‘तपाईंहरू सबैलाई थाहा छ कि भारतको छवि धमिल्याउन अनेक तरिकाका प्रयास चलिरहन्छन् । यस्ता खालका प्रयास अन्तर्राष्ट्रिय स्तरमा पनि चलिरहन्छन् । यो राजनीति हो भनेर हामीले तर्किन मिल्दैन । यो राजनीति होइन, यो हाम्रो देशको सवाल हो ।’
‘स्वतन्त्रताको अमृत महोत्सव मनाइरहेको अवस्थामा यो हाम्रो दायित्व हुन आउँछ कि विश्वले भारतलाई सही रूपमा जानोस् ।अमृतकालको यो समयमा सुतीसुती सपना देख्ने होइन, उठेर आफ्नो संकल्प पूरा गर्नुपर्दछ’, मोदीले थपे ।
प्रधानमन्त्री मोदीले समानता र सामाजिक न्यायको बलबुतामा उभिने समाजको निर्माण गर्ने दाबी पनि गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


