एजेन्सी, ६ माघ । भारतमा कोरोना संक्रमितको संख्या दैनिकरुपमा बढदै गईरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ५३२ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ कोरोना संक्रमणबाट ४९१ जनाको मृत्यु भएको छ । यसबाहेक २ लाख २३ हजार ९९० जना संक्रमणमुक्त भएका छन् ।

भारतमा सक्रिय संक्रमितको कुल संख्या १९ लाख २४ हजार ५१ पुगेको छ । योसँगै कोरोना पोजिटिभ दर १६.४१ प्रतिशत रहेको छ ।त्यस्तै नयाँ भेरियन्टका संक्रमित पनि तीव्र गतिमा बढिरहेका छन् ।

हालसम्म कुल ९ हजार २८७ जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । पछिल्लो एक दिनको तुलनामा कोरोना संक्रमितको संख्या ३.६३ प्रतिशतले बढेको छ ।