आहा रारा गोल्डकपमा एपिएफको विजयी शुरुवात

काठमाडौं, ६ माघ । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले २० औं संस्करणको आहा रारा गोल्डकपमा विजयी शुरुवात गरेको छ ।
एपिएफले बिहीबारको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरामाथि २–० को सहज जित हात पारेको हो ।
पोखरा रंगशालामा एपिएफलाई जित दिलाउन आभाष लामिछानेले र प्रदीप लामाले एक एक गोल गरे ।
खेलको १३ औं मिनेटमा आभाषले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । ६०औँ मिनेटमा प्रदीपले टोलीको अग्रता दोब्बर बनाए ।
त्यसपछि कुनै टोलीबाट गोल हुन नसक्दा सहज जित निकाल्दै एपिएफ अर्को चरणमा प्रवेश गरेको हो ।
एपिएफले अब ८ माघमा अमेरिकाको बिवाइएससी मिनेसोटाको सामना गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


