एजेन्सी, ६ माघ । अस्ट्रेलियन ओपन टेनिसमा पुरुषतर्फ बेलायती खेलाडी एन्डी मुरे दोस्रो चरणबाटै बाहिरिएका छन् ।

मुरे मेलर्बनमा बिहीबार जापानिज खेलाडी टारो डानियलसँग ३–० को सोझो सेटमा पराजित भएका हुन् ।

डानिलयले तीनै सेटमा समान ६–४ को जित हात पार्दै तेस्रो चरणमा स्थान पक्का गरे ।