आइसीसी टी–२० टिम अफ दि इअरमा ३ खेलाडी समावेश

एजेन्सी, ५ माघ । ‘आइसीसी टी–२० टिम अफ दि इयर’मा पाकिस्तान र दक्षिण अफ्रिकाका सर्वाधिक ३ खेलाडी समावेश भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले बुधबार पाकिस्तानका कप्तान बाबर अजामको कप्तानीमा ‘आइसीसी टी–२० टिम अफ दि इयर’ सार्वजनिक गरेको छ ।
जसमा पाकिस्तानबाट बाबरसंगै मोहम्मद रिजवान र शाहिन शाह अफ्रिदी परेका छन् । यस्तै दक्षिण अफ्रिकाबाट एइडन माक्रम, डेभिड मिल्ल र ताब्रेज शाम्सी छन् ।
अष्ट्रेलियाबाट मिचेल मार्श र जोस हाजलउड समावेश छन् । इंग्लयाण्डबाट जोस बटलर, श्रीलंकाबाट वानिन्दु हसरंगा र बंगलादेशबाट मुस्ताफिजुर रहमान अटाएका छन् । भारत भने कुनै खेलाडी समावेश भएका छैनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


