राफेल नाडाल अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश

एजेन्सी, ५ माघ । स्पेनिस खेलाडी राफेल नाडाल वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
नाडालले दोस्रो चरण अन्तर्गत बुधबार मेलबर्नमा भएको खेलमा जर्मनीका यानिक हान्फम्यानलाई ३–० को सोझो सेटमा पराजित गरेका हुन् ।
नाडालले खेल ६–२, ६–३ र ६–४ ले आफ्नो पक्षमा पार्दै तेस्रो चरणमा स्थान सुरक्षित गरे ।
महिलातर्फ विश्व नम्बर १ एस्ले बार्टी पनि आफ्नो खेलमा जित हात पार्दै तेस्रो चरणमा प्रवेश गरेकी छन् ।
घरेलु खेलाडी बार्टीले इटालीकी लुसिया बोनजेट्टीलाई २–० को सोझो सेटमा पराजित गरिन् । बार्टीले खेल ६–१ र ६–१ ले आफ्नो पक्षमा पारेकी हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


