भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ९७० जनामा कोरोना पुष्टि

एजेन्सी, ५ माघ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ९७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४१ जना संक्रमितले ज्यान गुमाएका छन् ।
इस अवधिमा १ लाख ८८ हजार १५७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार रहेको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र, कर्नाटक, तमिलनाडू, दिल्ली र पश्चिम बंगाल राज्य रहेका छन् ।
भारतमा ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार ९६१ पुगेको छ ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ७६ लाख १८ हजार २७१ पुगेको छ भने हालसम्म ४ लाख ८६ हजार ७६१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
भारतमा ४८.२० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


