सरकारले पिसिआर परीक्षणको शुल्क घटायो

काठमाडौं, ५ माघ । सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । यसअघि सरकारी अस्पतालमा एक हजार रुपैयाँ शुल्क लिने गरिएको थियो ।
अबदेखि ८ सय मात्र शुल्क लिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै निजी प्रयोगशालाहरूले दुई हजार लिँदै आएकोमा अबदेखि १ हजार ५०० तोकिएको हो ।
सरकारले कन्ट्याक्ट ट्रेसिङमा परेका र कोभिडको लक्षण देखिएकाहरूको भने निःशुल्क परीक्षण गर्दै आएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले यसअघि लिइने शुल्क घटाएको बताए ।
विश्वबजारमा पिसिआर परीक्षण गराउने किटको लागत कम भएसँगै परीक्षण शुल्क घटाइएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


