एन्डी मुरे अस्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश

एजेन्सी, ४ माघ । बेलायती टेनिस खेलाडी एन्डी मुरे वर्षको पहिलो ग्राण्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मुरेले मंगलबार मेलर्बनमा भएको निकै प्रतिस्पर्धात्मक पहिलो चरणमा जर्जियाका निकोलोज बासिलासभिलीलाई ६–१, ३–६, ६–४, ६–७ (५–७) र ६–४ ले पराजित गरेका हुन् ।
यो जितसँगै चोटका कारण लामो समय कोर्ट बाहिर रहेका मुरेले आफ्नो पुनरागमनलाई सुखद बनाए ।
रसियन खेडाली डानिल मेदभेदेव पनि आफ्नो खेलमा जित हात पार्दै दोस्रो चरण प्रवेश गरेका छन् ।
मेदभेदेवले स्विस खेलाडी हेनरी लाक्सोननलाई ६–१, ६–४ र ६–७ (७–३) ले पराजित गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


