अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु

एजेन्सी, ४ माघ । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
मृत्यु हुनेमा पाँच महिला र चार बालबालिका समेत रहेको अफगानिस्तानी मिडियाले जनाएको छ ।
अफगानिस्तानको पश्चिमी प्रान्त बडघिसको क्वादिस जिल्लामा सोमबार ५.५ रेक्टरको भूकम्प गएको हो ।
भूकम्पका कारण सात सयभन्दा धेरै घर भत्किएको बताइएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मौसम विभागका अनुसार भूकम्पको केन्द्र अफगानिस्तान–ताजिकिस्तान सीमावर्ती क्षेत्रमा १०० किलोमिटर गहिराइमा थियो । पेशावर, मानशेरा, बालाकोट र चारसादासहित खैबर–पख्तुनख्वा लगायतका विभिन्न सहरमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
अफगानिस्तान बारम्बार भूकम्पको चपेटामा पर्दै आइरहेको छ । सन् २०१५ मा ७.५ रेक्टरको भूकम्प आउँदा करिब २८० जनाले ज्यान गुमाएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


