एजेन्सी, ४ माघ । अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा थप ७४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । अस्ट्रेलियामा एकै दिन यति धेरै संख्यामा कोरोना संक्रमितले ज्यान गुमाएका हुन् ।

मृत्यु हुनेहरूमा सबैभन्दा धेरै न्यु साउथ वेल्सका रहेका छन् । त्यहाँ पछिल्लो २४ घन्टामा ३६ जना संक्रमितले ज्यान गुमाएका हुन् ।यसैगरी भिक्टोरिया र क्विन्सल्यान्डमा क्रमश २२ र १६ जनाले ज्यान गुमाएका छन् ।

अस्ट्रेलियामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गइरहेको छ । संक्रमितको संख्याले अस्पताल भरिएको छ ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार अस्ट्रेलियामा हालसम्म १८ लाख ३९ हजार ३०६ जनामा कोरोना संक्रमण भइसकेको छ भने २ हजार ७५० जनाले ज्यान गुमाइसकेका छन् ।

अस्ट्रेलियामा हालसम्म ७८.९३ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।