एजेन्सी, ३ माघ । विश्व नम्बर १ एस्ले बार्टी वर्षको पहिलो ग्राण्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

घरेलु खेलाडी बार्टीले पहिलो चरण अन्तर्गत मेलबर्नमा सोमबार भएको खेलमा युक्रेनकी लेसिया त्सुरेन्कोलाईलाई सोझो सेटमा पराजित गरेकी हुन् ।

बार्टीले खेल ६–० र ६–१ ले आफ्नो पक्षमा पार्दै दोस्रो चरणमा स्थान सुरक्षित गरिन् । उनले अब इटालियन खेलाडी लुसिया ब्रोन्जेट्टटीको सामना गर्ने छिन् ।

त्यस्तै स्पेनिस खेलाडी राफेल नाडाल पनि आफ्नो खेलमा जित हात पार्दै दोस्रो चरण प्रवेश गरेका छन् ।

नाडालले पहिलो चरणमा अमेरिकी खेलाडी मार्कोस जिरोनलाई ६–१, ६–४ र ६–२ ले पराजित गरेका हुन् ।