जनकपुरधाम, ३ माघ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशसहित २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एक न्यायाधीश, रजिष्टार, उपरजिष्टारसहितका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

ठूलो संख्यामा कर्मचारी संक्रमित भएपछि अदालतको कामकारबाही प्रभावित हुने देखिएको छ ।