काठमाडौं, २ माघ । सरकारले माघ १५ गतेसम्मका लागि कलेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै यस्तोे जानकारी दिएका हुन् ।

ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।