एजेन्सी, २ माघ । बिहारको नालन्दामा अवैध मदिरा पिउँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै मजदुर रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबार राति मदिरा सेवन गरेपछि बिरामी परेका उनीहरूको शनिबार मृत्यु भएको हो ।

मदिरा सेवनबाट चारजनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको उपचार चलिरहेको छ । उनीहरूसँगै अन्य ५० जनाले पनि अवैध मदिरा पिएका थिए ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ । बिहारमा अवैध मदिराको सेवनबाट वर्षेनी दर्जनौंको मृत्यु हुने गर्दछ ।