जनकपुरधाम, २ माघ । प्रदेश २ को जारी प्रदेशसभा बैठकमा बोल्ने क्रममा प्रदेशसभा सदस्य रामकुमार यादवले बिचमै फोन उठाएका छन् ।

प्रदेशको नाम र राजधानीको सम्बन्धमा बोल्ने क्रममा उनको मोबाइलमा फोन आउँदा उनले बिचमै फोन उठाएका हुन् ।

फोन उठाएर उनले ‘ए भाइ’ भन्दै फेरि फोन काटेका थिए । उनले फोन काट्नेवित्तिकै सबै सांसदहरु हाँसेका थिए ।

नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य यादवले फोन आउँदा उठाउनैपर्यो भन्दै सांसदहरुलाई नहास्न आग्रह समेत गरे ।

अहिले जारी प्रदेशसभा बैठकमा नाम र राजधानीमाथि छलफल भइरहेको छ ।