शीतकालीन ओलम्पिक सुरु हुनुअघि बेइजिङमा ओमिक्रोन देखियो

एजेन्सी, २ माघ । शीतकालीन ओलम्पिक सुरु हुनुअघि चीनको राजधानी बेइजिङमा ओमिक्रोनको पहिलो स्थानीय संक्रमित भेटिएका छन् ।
चीनको सरकारी टेलिभिजनले बेइजिङमा स्थानीय स्तरमा सरेको पहिलो ओमिक्रोन संक्रमित भेटिएको जनाएको हो ।
बेइजिङमा आगामी फेब्रुअरी ४ देखि २० सम्म शीतकालीन ओलम्पिक हुँदैछ ।
ओमिक्रोन भेरियन्टको संक्रमित भेटिएपछि चीन सरकारले स्थानीयलाई घर भित्रै बस्न भनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


