इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण ९०० घर क्षतिग्रस्त

एजेन्सी, १ माघ । इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षति भएको छ ।
सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतिग्रस्त भएका छन् ।
भूकम्पले मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरूले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् ।
इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर ६.६ म्याग्निच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार बेलुका ४.०५ मिनेट भूकम्प आएको हो । इन्डोनेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


