प्रधानमन्त्री कप : शनिबारको खेलमा बागमती प्रदेश विजयी

काठमाडौं, १ माघ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा बागमती प्रदेश विजयी भएको छ ।
बागमतीले समूह बीको आफ्नो अन्तिम खेलमा कीर्तिपुपस्थि त्रिवि क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ४० रनले पारजित गरेको हो ।
यो जितसँगै बगामतीले समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गर्दा गण्डकी भने समूह चरणबाटै बिहिरियो ।
१४४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो ।
गण्डकीका लागि कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकनेन् । उसका लागि कमल परियारले सर्वाधिक ११ रनको योगदान दिए । कप्तान विशाल पौडेल, गोविन्द बिक, सन्दीप क्षेत्री, दीपक डुम्रे र विधान श्रेष्ठले १०–१० रन जोडे ।
बागमतीका लागि सुवास खत्री, विपिन आचार्य र नन्दन यादवले २–२ तथा रजिन ढकाल, प्रतिश जिसी र रामनरेश गिरीले १–१ विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।
बागमतीका लागि विपिन आचार्यले सर्वाधिक ३० रनको योगदान दिए । प्रतिश जिसी र सुवास खकुरेलले समान २७ रन बनाए ।
गण्डकीका लागि कृष्ण पौडेल र विशाल पौडेलले २–२ तथा अशोक श्रेष्ठ, सुवास भण्डारी र कमल परियारले १–१ विकेट हात पार्दा २ विकेट रन आउटका रूपा प्राप्त भयो ।
यो जितसँगै बागमतीले ४ खेलमा ६ अंक जोड्यो । समूह बी बाट नेपाल एपिएफ क्लबले विजेताका रुपमा सेमिफनलमा स्थान बनाएको छ ।
लगातर तेस्रो पराजय बेहेरोको गण्डकी अंकविहीन छ ।
बागमतीले समेफिाइनलमा समूह ए को विजेता नेपाल पुलिस क्लबको समाना गर्नेछ । समूह ए को उपविजेता भने टुङ्गो लाग्न बाँकी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


