टाइगर कप : पुरुषतर्फको उपाधि त्रिभुवन आर्मीले जित्यो

काठमाडौं, १ माघ । दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।
आर्मीले पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबारको फाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३–१ को सेटले हराएको हो ।
पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको आर्मीले निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २६–२४ ले गुमायो ।
त्यपछिका दुई सेट २५–१८ र २५–१९ ले आफ्नो पक्षमा पार्दै आर्मी पहिलो पटक टाइगर कपको विजेता बन्यो ।
उपाधिसँगै अर्कोले ३ लाख र उपविजेता हेल्प नेपालले १ लाख ५० हजार प्राप्त गरेको छ ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५ टोलीले सहभागिता जनाएका थिए ।
महिलातर्फको उपाधि त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विभागीय टोली नेपाल एपिएफ क्लबले उचालेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


