नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित

काठमाडौं, १ माघ । प्रधानमन्त्री कप पुरुष टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको हो ।
समूह ‘ए’ अन्तर्गत पुलिस र प्रदेश १ बीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान सुरु हुने तालिका थियो ।
तर प्रदेश १ टिमका खेलाडीमा कोरोना संक्रमणको आशंका भएपछि खेल स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानका अनुसार अब खेलाडी टिम व्यवस्थापनका सदस्यको कोरोना संक्रमण परीक्षणपछि मात्र खेलबारे निर्णय हुनेछ ।
पुलिस समूह ‘ए’ मा लगातार तीन खेल जित्दै विजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । दुई खेल खेलेको प्रदेश १ ले भने १ अंक मात्र जोडेको छ ।
सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न प्रदेश १ ले अब खेल्न बाँकी दुबै खेल फराकिलो अन्तरले जित्नुपर्ने आवश्यकता छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


