भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ३४५ जनामा संक्रमण पुष्टि

एजेन्सी, १ माघ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ३४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४३० जना संक्रमितले ज्यान गुमाएका छन् ।
यस अवधिमा १ लाख १३ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १४ लाख २५ हजारभन्दा बढी रहेको छ ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ भने हालसम्म ४ लाख ८५ हजार ३५० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
भारतमा ४७.३९ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


