भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २०२ जना नयाँ संक्रमति थपिए

एजेन्सी, ३० पुस । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २ लाख ६४ हजार २०२ जना संक्रमति भएका छन् ।
केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार यसैसँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ ।
सोही अवधिमा थप ३१५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ४ लाख ८५ हजार ३५० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
हाल यहाँ ५ हजार ७५३ ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या १२ लाख ७२ हजार ७३ रहेका छन् । गएको २४ घण्टामा मात्र १ लाख ५४ हजार ५४२ जना सक्रिय संक्रमित थपिएका छन् ।
भारतमा १ लाख ९ हजार ३४५ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४८ लाख २४ हजार ७०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यहाँ कोरोना भाइरस निको हुने दर ९५.२० प्रतिशत रहेको जनाइएको छ ।
कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्ब ५५ करोड ३९ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


