काठमाडौं, ३० पुस । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्रीले हङकङमा हुने फेयरब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएकी छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले रुविनाले लिग खेल्ने पक्का भएको बताए पनि कुन टोलीबाट हो भन्ने खुलाएको छैन ।

यो प्रतियोगिता टी–२० शैलीमा मे १ देखि १५ सम्म हुनेछ । योसँगै रुविना विदेशी लिगमा सहभागिता जनाउने दोस्रो नेपाली महिला खेलाडी बनेकी छन् ।

प्रतियोगितामा ६ टिमले सहभागिता जनाउनेछन् । यसअघि नेपाली टोलीकी उपकप्तान सीता राना मगरले पनि यही प्रतियोगिता खेल्ने पक्का भएको थियो ।