टाइगर कप : पुरुषतर्फ त्रिभुवन आर्मीको दोस्रो जित

काठमाडौं, २९ पुस । त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहीबार गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै आर्मीले दोस्रो जित निकालेको हो ।
आर्मीले गण्डकीमाथि २५–१५, २०–२५, २५–१५ र २६–२४ को सेटमा जित निकालेको हो । यस जितसँगै आर्मीले ३ खेल ६ अंक जोडेको छ । गण्डकीको यो दोस्रो हार हो ।
आर्मीले पहिलो खेलमा एपीएफ क्लबलाई हराएको थियो भने दोस्रो खेलमा आर्मी हेल्प नेपालसँग पराजित भएको थियो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


