काठमाडौं, २९ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।