बुधबार ३०७५ नयाँ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, २८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३६ जनाको स्वाब परीक्षण गरिएको थियो ।
पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


