भारतमा पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार व्यक्ति कोरोना संक्रमित

एजेन्सी, २८ पुस । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै १ लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको छ ।
मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो ।
भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि भएको भारतीय मिडियाहरुले जनाएका छन् ।
दिल्लीमा २३ जनाको मृत्यु भएको छ जुन पछिल्लो आठ महिनायताकै सबैभन्दा धेरै हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


