अमेरिकाले अफगानिस्तानलाई ३० करोड अमेरिकी डलर सहयोग गर्ने

एजेन्सी, २८ पुस । अमेरिकाले अफगानिस्तानलाई ३०.८ करोड अमेरिकी डलर सहयोग गर्ने बताएको छ ।
ह्वाइट हाउसका प्रवक्ता एमिली हर्नका अनुसार यो सहयोग अन्तर्राष्ट्रिय विकासको लागि अमेरिकी एजेन्सी (यएसएड) को तर्फबाट मानवीय राहत पु¥याउने स्वतन्त्र एजेन्सीको माध्यम दिइनेछ ।
यस धनराशिको प्रयोग स्वास्थ्य सेवा, आपत खाद्यान्न लगायतका कार्यका लागि हुनेछ ।
संयुक्त राष्ट्र संघले अफगानिस्तानको अवस्था नाजुक हुँदै गएको भनी विश्वभरका देशसँग ५ अर्ब डलरको सहयोग गर्न अपिल गरेको थियो ।
बितेको साल तालिबान सत्तामा आएपछि अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द भएको थियो । यसका साथै अमेरिकाले विभिन्न किसिमका प्रतिबन्ध लगाएको थियो । जसले गर्दा विदेशीको सहयोगमा निर्भर अफगानिस्तानलाई अस्पताल, स्कुल र सरकारी एजेन्सी चलाउन निकै समस्या भएको थियो ।
रेड क्रसको अन्तर्राष्ट्रिय कमिटीले विश्वका विभिन्न देशले तालिबान सरकारलाई मान्यता दिन नचाहेको बताएको छ । जसको असर अफगानिस्तानका ३.९ करोड मानिसले भोगिरहेका छन् । उनीहरूमाथि चरम भोकमरीबाट गुज्रिरहेका छन् ।
अफगानिस्तानमा सहयोग नपुग्दा महिला र बच्चामा कुपोषणको खतरा बढ्दै गइरहेको छ। विभिन्न संघसंस्थाहरू अफगानिस्तानमा लगाइएको सबै प्रतिबन्ध हटाइनुपर्नेमा जोड दिँदै आएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


