एजेन्सी, २७ पुस । उत्तर कोरियाले एक सातामा दोस्रो पटक ब्यालेस्टिक मिसाइल परिक्षण गरेको छ । स्थानीय समय अनुसार मंगलबार विहान ७ः२७ बजे मिसाइल परिक्षण गरिएको थियो ।

जापानको कोष्ट गार्डले उत्तर कोरियाले मिसाइल परिक्षण गरेको पुष्टी गरेको हो ।

उत्तर कोरियाले यस्तो बेला मिसाइल परिक्षण गरिरहेको छ जतिबेला अमेरिका लगायत ६ राष्ट्रले मिसाइल परिक्षण गरी अस्थिरता नबढाउन आग्रह गरिरहेका छन् ।

उत्तर कोरियाले गत साता पनि मिसाइल परिक्षण गरेको थियो । गत साता परिक्षण गरेको मिसाइल हाइपरसोनिक भएको उत्तर कोरियाले दाबी गरेको थियो ।

गत वर्षको डिसेम्बरमा उत्तर कोरियाका नेता किम जोङ उनले सन् २०२२ मा राष्ट्रको सुरक्षामा ध्यान दिन बताएका थिए । त्यसैअनुरुप अहिले मिसाइल परिक्षण भइरहेको अनुमान गरिएको छ ।