काठमाडौं, २७ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८१ र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ भने ३१३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३३ हजार ८९४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ । त्यस्तै, ८ लाख १४ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेको छ । जसमध्ये ८ हजार ८६७ जना होम आइसोलेसनमा र ६५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ९३ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।