गोल्डकप फुटबलको २०औं संस्करणमा १० टोलीको सहभागिता रहने

काठमाडौं, २६ पुस । मोफसलको बहुप्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणमा एक विदेशीसहित १० टोलीको सहभागिता रहने भएको छ ।
प्रतियोगिता सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा माघ ६ देखि १५ गते सम्म आयोजना हुनेछ ।
प्रतियोगितामा साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब,थ्रिस्टार क्लब,नेपाल एपिएफ फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, आयोजक सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसए गरी कुल १० टिमको सहभागिता रहने आयोजकले सोमबार जानकारी दिएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


