ब्राजिलको एक तालमा रहेको डुंगामाथि चट्टान खस्दा ७ जनाको मृत्यु

एजेन्सी, २५ पुस । ब्राजिलको एक तालमा रहेको डुंगामाथि चट्टान खस्दा ७ जनाको मृत्यु भएको छ ।
दुर्घटना ब्राजिलको दक्षिणपूर्वी इलाकामा भएको थियो । दुर्घटनामा ३ जना बेपत्ता भएका छन् भने ३२ जना घाइते भएका छन् ।
घटना स्थानीय समयअनुसार बिहान ११ बजे घटेको हो ।
मिनास गेराइस राज्यमा बितेको केही दिनदेखि वर्षा भइरहेकाले चट्टान खसेको हुनसक्ने अधिकारीहरूले बताएका छन् ।
गोताखोरे र हेलिकप्टरको माध्यमबाट हराएका मानिसको खोजी भइरहेको छ भने घाइतेहरूलाई अस्पताल पु¥याइएको छ ।
तालको आसपासका मानिसले डुंगामा सवार मानिसलाई सतर्कता अपनाउन आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


