एजेन्सी, २५ पुस । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार सामाजिक सञ्जालमा आफूलाई कोरोना ठिक भएको जानकारी दिएका छन् ।

उनले ७–८ दिन आफू होमआइसोलेसनमा बसेको र दुई दिन ज्वरो आएको पनि जानकारी दिएका छन् ।

अब आफू ठिक भएको र जनताको सेवामा उपस्थित भएको उनले बताएका छन् । ‘दिल्लीमा कोरोनाको फैलावट तीव्रताका साथ भएको र यसका कारण आफू चिन्तित भएको अनि सबै अधिकृतहरूको सम्पर्कमा आएको पनि उनले बताएका छन्,’ उनले भनेका छन्, ‘आत्तिनु पर्ने जरुरत छैन । हामीले लकडाउन लगाउने कुनै योजना बनाएका छैनौँ । हामी सकेसम्म कम प्रतिबन्धहरु लगाएर अगाडि बढ्ने योजनामा छौँ ।’

पछिल्ला दिन भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिने क्रम बढ्दो छ । केही दिन यता भारतमा एकैदिन एक लाखभन्दा बढी संक्रमित थपिएका छन् ।