भारतमा १ लाख ५९ हजार ६३२ जनामा कोरोना संक्रमण पुष्टी

एजेन्सी, २५ पुस । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ५९ हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा १ लाख ५९ हजार ६३२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । सोही दिन कोरोनाका भारतमा ३२७ जनाको मृत्यु भएको छ ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ९० हजार रहेको छ । कोरोनाका कारण हालसम्म भारतमा ४ लाख ८३ हजार ७९० जनाले ज्यान गुमाइसकेका छन् ।
भारतमा ओमिक्रोन भेरियन्टका संक्रमित निरन्तर बढीरहेका छन् । भारतमा हालसम्म ३ हजार ६२३ जनामा ओमिक्रोन संक्रमण पुष्टी भइसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


