जोस बट्लरले अस्ट्रेलियाविरुद्धको एसेज सिरिजअन्तर्गत पाँचौँ टेस्ट गुमाउने

एजेन्सी, २५ पुस । इंग्ल्यान्डका विकेट किपर ब्याटर जोस बट्लरले अस्ट्रेलियाविरुद्धको एसेज सिरिजअन्तर्गत पाँचौँ तथा अन्तिम टेस्ट गुमाउने भएका छन् ।
चौथों टेस्टका दौरान औँलामा लागेको चोटका कारण बट्लरले अन्तिम टेस्ट गुमाउने पक्का भएको इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले बताएको छ ।
पाँचौँ टेस्ट खेल्न नसक्ने भएपछि बट्लर सोमबार इंग्ल्यान्ड फर्कने र त्यहाँ पुगेर थप उपचार गर्ने बोर्डले जनाएको छ । उनको चोट कति गम्भीर छ भनेर त्यसपछि नै थाहा हुनेछ ।
सिरिजको चौथो टेस्ट बराबरीमा सकिएको थियो । पाँच खेलको सिरिज आफ्नो नाममा गराइसकेको घरेलु टोली अस्ट्रेलिया ३–० ले अगाडि छ ।
पाँचौं तथा अन्तिम टेस्ट १४ जनवरीदेखि होबार्टमा सुरु हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


