एजेन्सी, २४ पुस । भारतमा आगामी १५ जनवरीसम्म कर्फ्यु जारी भएको छ ।

मुख्य चुनाव आयुक्त सुशील चन्द्राले पार्टीको चुनावी अभियानमा कर्फ्यु जारी भएको घोषणा गरेका हुन् ।

शनिबार उनले चुनाव सभा, पदयात्रा, रोड सो, साइकल तथा बाइक र्यालीमा प्रतिबन्ध लगाइएको जानकारी दिएका छन् ।

कोरोना महामारीसँग जोडिएका स्थितिलाई मध्यनजर गर्दै आयोगले थप फैसला गर्नेसमेत उनले बताए ।

उक्त प्रतिबन्धको उल्लंघन गरिएको अवस्थामा सम्बन्धित जिल्लाका प्रशासनिक अधिकारीले जिम्मा लिनुपर्ने उनले बताएका छन् ।

उत्तर प्रदेश, उत्तराखण्ड, गोवा, पञ्जाबलगायतका राज्यमा यही फेब्रुअरी १० मा निर्वाचन हुने तयारी भइरहेको छ ।