एजेन्सी, २३ पुस । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले टि–२० अन्तर्राष्ट्रियमा नयाँ नियम लागू गरेको छ ।

आईसीसीका अनुसार पुरुष र महिला दुवै अन्तर्राष्ट्रिय खेलमा ढिलो बलिङ गर्ने टोलीलाई खेलकै दौरान जरिवाना गरिनेछ ।

आईसीसीको ओभररेट नियम अनुसार फिल्डिङ गरिरहेको टोलीले अन्तिम ओभरको पहिलो बल पारी अन्त्य हुने समयमा फालिसकेको हुनुपर्नेछ ।

अन्यथा सो टीमले ३० यार्ड बाहिर ४ जना मात्र फिल्डरलाई राख्न पाउनेछ । यो नियम १६ जनवरीमा वेस्ट इन्डिज र आयरल्यान्डबीच हुने टि–२० खेलमा पहिलो पटक लागू हुनेछ ।

आईसीसीले अन्तर्राष्ट्रिय सिरिजका क्रममा साढे दुई मिनेटको अतिरिक्त ब्रेक लिन सक्ने नियम पनि ल्याएको छ ।