नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं, २३ पुस । नेपालमा थप २४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस महिनाभरमा संकलन गरिएको १ हजार १४६ जनाको कोरोना पोजिटिभ केसहरूको जिन सिक्वेन्सिङ गरिएको थियो ।
तीमध्ये २५० जनाको जिन सिक्वेन्सिङ नमुना नेगेटिभ आएको थियो भने २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिइन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रूपमा जिन सिक्वेन्सिङ गराउँदै आएको छ । देशभरिबाट ¥यान्डम सिम्पलिङ विधिबाट संकलित पिसिआर र एन्टिजेन पोजिटिभ केसहरूमा ओमिक्रोन संक्रमण पुष्टि भए नभएको हेर्दै आएको छ ।
सोही क्रममा पुक्ष्स महिनामा संकलन गरिएका १ हजार १४६ पोजिटिभ नमूनाहरूमध्ये २२ प्रतिशतमा एस–जिन नेगेटिभ आएको थियो ।
एस–जिन नेगेटिभ पत्ता लागेका २४ नमुनाहरूको जिन सिक्वेन्सिङ गर्दा सबै नमुनाहरूमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको प्रवक्ता डा. मिश्राले बताइन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


